
पोखरा । पोखरेली पर्यटन व्यवसायी संस्थाहरुको छाता संगठन संस्था पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी निर्वाचित भएका छन् । परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीको नेतृत्वमा कार्यसमिति चयन भएको हो । परिषदमा पहारी गाउँ पर्यटन प्रवद्र्धन (भिटोफ) बाट प्रतिनिधित्व गर्छन् । महासचिवमा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा निर्वाचित भए ।
परिषदको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ छन् । सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।
सदस्यहरुमा गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखरामा रहेका १४ वटा संस्थाका प्रतिनिधिहरु रहने छन् । परिषदले पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुको नेतृत्व गर्दै समन्वय, पर्यटन नीति निर्माणमा दबाबमूलक काम गर्दै आएको छ । परिषदमा निर्वाचित अध्यक्ष पहारीले समग्र पर्यटन क्षेत्रलाई अझै व्यवस्थित गराउनेदेखि विभिन्न प्रवद्र्धनका कार्यक्रममा जोड दिने बताए ।
‘परिषदमा आवद्ध संस्थाहरुको समन्वय गर्नेदेखि पर्यटन क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै व्यवसायी र राज्यको पुल बनेर काम गर्ने छौं’, अध्यक्ष पहारीले भने, ‘नाकाबन्दी, कोरोना कहर र देशको आर्थिक मन्दीपछि विस्तारै लय समातिरहेको पर्यटन क्षेत्रलाई उकास्न र पर्यटनमैत्री नीति निर्माण गर्न हामीले भूमिका निर्वाह गर्ने छौं ।’
निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले परिषदले समग्र पर्यटन क्षेत्रकै नेतृत्व गर्दै समस्यामा परेका व्यवसायीका पक्षमा उभिने, राज्य र व्यवसायीका बीच समन्वय गर्ने र आवद्ध विभिन्न संस्थाहरुको समन्वयमा पर्यटन प्रवद्र्धनका काम गर्दै आइरहेको बताए । पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब यो क्षेत्रलाई अझै व्यवस्थित बनाउने, व्यवसायीका लगानी सुरक्षित गर्दै अझै लगानीका लागि आकर्षित गर्न परिषदले भूमिका खेल्ने उनको भनाइ छ ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रक्रिया अगाडि बढेकाले व्यवसायीलाई अझै उत्साहित बनाएको बताउँदै श्रेष्ठले पोखरा जोड्ने मुख्य राजमार्गहरु निर्माण सकिएसँगै अझै गतिविधि बढ्ने श्रेष्ठको विश्वास छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द