
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प