
काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए । यसअघिका गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त भएपछि गृहसचिव रिक्त रहेको थियो । सरकारले गत १३ साउनमा दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।
गृहसचिव बन्न प्रशासनका धेरै सचिवहरु दौडधुपमा थिए । बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि गृह सचिव नियुक्तिबारे छलफल भएको थियो । तर, टुंगो लागेको थिएन । प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेर टुंग्याउने बताएका थिए ।
शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको २४ वटा निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख थिएन । तर, शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको छ ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित