
कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ।
यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ । रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरेका छन् । तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो । ‘बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ’, उनले भने, ‘यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु । बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्न ।’
रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताए । ‘यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ । आउने दिनमा केही भइहाल्ला’, उनले भने, ‘कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ ।’
उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ । ‘यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए’ उनले भने, ‘तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ ।’
नरहरिनाथ गाउँपालिकामा किवी, अलैँचीलगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताए । ‘यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,’ उनले भने, ‘यसवर्ष वडा नं. ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो ।’
नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताउछन् ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय