
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
‘संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन । अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु,’ उनले भने । उनले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताए । मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाईदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाए ।
उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिन समेत विश्वास दिलाए । कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निजी क्षेत्रसँग म सधैँ सँगै छु । पर्यटन बोर्ड पनि निजी क्षेत्रका लागि स्थापना गरिएको संस्था हो । निजी क्षेत्रसँग सहकार्य गरेनौँ भने त नेपाल एयरलाइन्सन्समा तेल नबेचेको जस्तै हो । हामी त्यहाँ बाहेक अन्त जाने ठाउँ नै छैन । हामी सहकार्यमा नै अघि बढछौं,’ उनले भने ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने