
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले सामसुङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचर मार्फत शुन्य प्रतिशत इन्टरेस्ट ईएमआईमा खरिद गर्न सकिने सुविधासहितको योजना सार्वनिक गरेको हो ।
हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफरअन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन शुन्य प्रतिशत इन्टरेस्ट ईएमआईमा खरिद गर्न सक्नेछन् । हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागु गरिएको यो सुविधाको फाइदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गइ सोधिएको विवरण भरेर आफूले चाहेको मोबाईल फोन छनोट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ ।
यसपछिको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको ईएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् । परम्परागत वित्तीय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै आएको छ ।
आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज, भर्चुअल भिसा काड, आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ । ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुबिधाहरू सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।













समाचार
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल