
काठमाडौं । प्रतिनिध सभा सदस्य सुहाङ नेम्वाङले कृषि क्षेत्रको बजेट निकै कम भएको बताएका छन् । आज काठमाडौंमा नेपाल कुचोसंघले आयोजना गरेको कुचो तालिमको समापन कार्यक्रममा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् ।
कृषि क्षेत्रलाई सरकराले प्राथमिकतामा राखेको भने पनि बजेट निकै थोरै रहेको उनको भनाइ थियो । देशक विकासका लागि कृषि क्षेत्रमा लगानी गर्नु पर्ने उनले बताए । अहिले नकारात्मक भाष्य निर्माण भएको भन्दै उनले सकारात्मक सोच्नु पर्ने बताए । ‘अहिले सबै तिर नकारात्मक कुरा बढी भइरहेको छ । त्यस्तो भाष्यलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।
कमजोरी सबैबाट हुने भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यस्तै सिकेको सिपले नयाँ उज्यालो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले नगद अनुदानको व्यवस्था गर्नु पर्ने बताए । अहिले कुचोको निर्यातमा भारत बाहेकको तेस्रो देशमा निर्यात गर्दा मात्रै नगद अनुदान दिने गरिएको छ । कुचोको मुख्य बजार भारत भएकाले सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
त्यस्तै कुचो संघका अध्यक्ष राजकुमार कार्कीले कुचो संघका लागि सरकारले बजेटको व्यवसथ गरेको खण्डमा रोजगारी सिर्जना गर्न सकिने बताए । त्यस्तै बजारीकरणको समस्या भएको भन्दै सरकारले त्यसका लागि पनि पहल गर्नु पर्ने उनको भनाइ थियो । भदौ १६ गतेदेखि सञ्चालन भएको १५ दिने कुचो बनाउने तालिममा ५० जना सहभागि थिए । तालिम काठमाडौंको गोकर्णेश्वर, सुकेधार, कागेश्वरी मनहरा तथा काभ्रेको नाला र पनौतिमा सञ्चालन भएको भएको थियो ।












समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?