
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।
यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन । ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ । यसैगरि नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।
यो प्रणालीको उदघाटन गर्नु हुँदै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए । सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।











समाचार
शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगीसम्म नयाँ व्यवस्था
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले
गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त
‘निजी क्षेत्र अर्थतन्त्रको ड्राइभिङ सिटमा रहन्छ, व्यवसायीलाई थुन्ने उद्देश्य छैन’ : प्रधानमन्त्री
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन सेयर बजारमा राताम्य, करिब ५ अर्बको कारोबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी