
काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफरहरु सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा प्राप्त गर्नेछन् । यसका अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
हप्तामा १२ भाग्यशाली विजेताहरूले डिएआई होम एप्लाइन्सका सामानहरु, आइटेल ए ६० एस स्मार्टफोन, मिभि एयरबड्स र डिसहोमको फोर के स्टीमर जस्ता उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ । यति मात्र होइन, बम्फर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डिएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्।
डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डिएचआई होम एप्लाइनसका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मिभि एयरवड्समा ५४ प्रतिशतसम्मको छुट र फायर बोल्ट स्मार्ट वाजमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने जनाइएको छ ।
यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै