
काठमाडौं । इङ्गिलस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् । गएराति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै जारी लिगमा ७ खेलबाट ८ अङ्क जोडेको युनाइटेड १४औँ स्थानमा छ । युनाइटेडको यो दोस्रो बराबरी हो । समान खेलबाट १४ अङ्क सहित भिल्ला पाँचौँ स्थानमा छ ।
यस्तै, हिजै भएको अर्को खेलमा चेल्सी र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् । चेल्सीका लागि नोनी मान्डुएकले गोल गरे भने नटिङ्घमका लागि क्रिस वुडले गोल गरेका थिए । लिगमा सात खेलबाट १४ अङ्क बनाएको चेल्सी चौथो तथा समान खेलबाट १० अङ्क जोडेको नटिङ्घम फरेस्ट १० औँ स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त