
काठमाडौं,काठमाडौं जिल्ला अदालतको फैसलापछि पशुपति गौशालामा रहेको धर्मशाला सञ्चालनको विवाद लामो समयपछि टुंगियो । यो फैसलाले २१ वर्षपछि धर्मशाला पशुपति क्षेत्र विकास कोर्षमार्फत सरकारको स्वामित्वमा आएपनि मारवाडी समिति भने अटेर गरिरहेको छ । अदालतको फैसलासमेत नमान्दै मारवाडीहरुले प्रतिकार गरेपछि विवाद झनै चुलिएको छ । यता, काठमाडौँ महानगरपालिको पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासनसँग शान्ति सुरक्षा माग गर्दै पत्राचार गरेको छ ।
पशुपति गौशाला धर्मशाला दुई दशक भन्दा बढी समयदेखि मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको थियो । गत असोज १६ गते जिल्ला अदालत काठमाडौंले तत्कालिन अमालकोट कचहरी अर्थात् हालको पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता खारेज गरिदिए थियो । तर कौडीको दरमा धर्मशाला सञ्चालन गर्दै आएको मारवाडी सेवा समिति अहिले आफूहरु धर्मशालाको मोही भएको दाबी गरिरहेको छ । त्यसैले अदालतको पूर्णपाठ आएपछि पुनरावेदन गर्न पाउने अधिकार दिनुपर्ने मारवाडी सेवा समितिका अध्यक्ष रमेश ताडिन्याको दाबी छ ।
अदालतको फैसलाले २१ वर्षपछि धर्मशाला पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा आएको हो । तर अदालतको फैसलापछि कोषले धर्मशाला ब्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको छ । कोषसँगको सहमतिपछि काठमाडौं महानगरपालिकाले असोज २३ गते धर्मशालामा बोर्ड राख्न खोज्दा मारवाडीहरुले प्रतिकार गरेका थिए । पछिल्लो समय मारवाडी समुदायको सबैभन्दा चर्को विरोध गर्ने मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ हुन् । पशुपति धर्मशालाको विवादपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि प्रसाईजस्तै मारवाडी समुदायप्रति खरो उत्रिएका छन् । नाजायज किशिमले सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौदेखि हडपेको मेयर शाहको भनाई छ ।
‘अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ । अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् ।’ सोही दिन बालेनले समाजिक सञ्चाल फेसबुकमा यस्तो लेखेका थिए । मारवाडी समितिको निरन्तरको विरोधपछि कोषले मंगलबार पत्रकार सम्मेलन गरी पशुपतिनाथको सम्पत्ति सेवासँग जोडेर कसैले पनि अतिक्रमण गर्न नपाउने भन्दै संरक्षणका लागि सबै पक्षलाई अपिल गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी पशुपतिको सम्पत्ति संरक्षणका लागि आह्वान गरेसँगै काठमाडौं महानगरपालिकाले पनि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोग गर्न माग गरेको छ । नेपालको ब्यापार ब्यवसायमा मारवाडीको प्रभाव रहेको र राजनीतिक दलहरुले उनीहरुलाई संरक्षण गरिरहेको आरोप दुर्गा प्रसाइँले लगाइरहँदा पशुपति गौशाला धर्मशालाको विषयका कारण सिंङ्गो मारवाडी समुदाय नै आलोचित हुने काम समितिले नगर्नु नै उपयुक्त हुने छ ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित