
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरत क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
लिग–२ को शीर्ष ६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको नेपालका लागि आजको खेल निर्णायक बनेको छ । सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि अंकतालिकाको सातौँ स्थानमा झरेको थियो ।
३५ खेलबाट २८ अंक जोडेको नेपाललाई उछिन्दै क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ । लिग–२ को शीर्ष ६ मा रहन सके एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम