काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अहिल्लो दिन पनि उच्च गिरावट भएको बजार आज पनि राताम्य भएर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २६३९ दशमलव ९२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.१४ प्रतिशतले कम हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव १४ अंकले घटेर ४७६ दशमलव २४ विन्दुमा पुगेको छ । आज कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ९० करोडको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर ७२ हजार ४२५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत