
काठमाडौं । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्रे आइतबारदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘आजदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।’
उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका–५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिए । उनले भने, ‘हामीले नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीनरतीन किमीका दरले काम गर्नेछौँ, तिहारसम्म आधा काम सकिन्छ ।’
यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुङ्गा–महे













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’