
म्याग्दी । कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो । घाँसा प्रहरीका अनुसार अहिले दैनिक रुपमा स्वदेशी र विदेशी गरी करिब चार हजारको सङ्ख्यामा पर्यटक कालिगण्डकी कोरिडोर हुँदै जोमसोम पुग्ने गरेका छन् ।
मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् । दसैँ तिहार बिदाको अवसरमा भ्रमणमा निस्केका पर्यटकका कारण रुप्सेमा बिहानैदेखि पर्यटकको भीड लाग्ने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताए ।
चारवर्ष अघि बाढी र पहिरोका कारण रुप्सेमा निर्माण भएका पूर्वाधारहरु भत्किएका कारण पर्यटकले सजिलै अवलोकन गर्न समस्या हुने गरेको उनले बताए । पहिरो रोकथाम र पर्यटन पूर्वाधार निर्माण गरे पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने स्थानीयवासी पुर्जाले बताए ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’