
काठमाडौं । कृषि क्षेत्रमा नवप्रवर्तन ल्याउँदै, शालोम एग्रीकल्चर प्रा. लि. ले हाइफा ब्राण्डको गुणस्तरीय मल्चिङ प्लास्टिकलाई नेपाली बजारमा ल्याउन तयारी गरीएको छ । यो मल्चिङ प्लास्टिक विदेशी प्राविधिकहरूको सहयोगमा स्वदेशमै उत्पादन गरिएको हो, जसले कृषकहरूलाई उच्च गुणस्तरको उत्पादनको सुनिश्चितता दिने उद्देश्यले डिजाइन गरिएको छ ।
उच्च गुणस्तर, टिकाउपना र विषादी स्प्रे केमिकल प्रतिरोधी क्षमताको विशेषतासँगै, हाइफा मल्चिङ प्लास्टिकले किसानहरूको बालीलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निभाउने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यसको प्रयोगले माटोको चिस्यान बढाउने र झारपातको समस्या कम गर्दै गुणस्तरीय उत्पादनको वृद्धि गर्न मद्दत पु¥याउनेछ ।
कृषकहरूका लागि यो उत्पादन एक राम्रो विकल्पको रूपमा प्रस्तुत गरिएको छ, जसले दीर्घकालीन परिणाम र कृषि उत्पादनमा वृद्धि सुनिश्चित गर्नेछ । यसैगरि शालोम एग्रीकल्चर प्रा. लि. ले कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले नयाँ प्रविधिहरूको विकास र प्रयोगमा सधैं अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू