
काठमाडौं । इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफूहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । अक्टोबर १ मा इरानले एक सय ८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।
यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ । इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका ठाउँमा सामान्य क्षति भएको बताएको छ । इजरायल इरानसँगै गजामा हमास र लेबनानमा हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ ।












समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै