काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक ९ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ९ दशमलव १९ अंकको गिरावट आएको हो ।
साताको पहिलो दिनको कारोबार बन्द हुँदा परिसूचक २६१७ दशमलव ९५ विन्दुमा पुगेको छ । आज सेयर बजामार १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले घटेर ४६९ दशमलव ८० विन्दुमा पुगेको छ ।
आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्यमा हरियाली देखिएको छ भने ८ वटाको सेयर मूल्य राताम्य भएर बन्द भएको छ । परिसूचक एकल अंकले घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्व भन्दा माथिको कारोबार भएको सेयर बजारमा आज पाँच अर्वको पनि कारोबार हुन सकेन् ।
आज सेयर जबारमा ३२० कम्पनीका १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ५६ हजार ६४६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेर बन्द भए पनि चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम