
तम्घास । दसैँ–तिहारको बिदाको समयमा रेसुङ्गा पार्क घुम्न जानेको सङख्यामा वृद्धि भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको गर्जुरामा निर्माण भएको पार्कमा बिदाको समयमा बालबालिकासहित घुम्न जानेहरुको प्रमुख स्थल बन्ने गरेको हो ।
केही महिना पहिले सुनसान रहेको पार्क अवलोकन गर्न आउनेको सङख्या दैनिक बढ्दै गएकोे रेसुङ्गा नगरपालिकाले जनाएको छ । पार्क घुम्न पुगेकी विष्णु गिरीले पार्क निकै रमाइलो लागेको बताइन् । यहाँ आइसकेपछि बालबच्चा घुम्नुका साथै खेल्ने स्थान भएकाले आफूलाई पनि आनन्दको अनुभूति भएको उनको भनाइ छ । पार्कमा बालबच्चा घुम्ने र खेल्ने राम्रो व्यवस्था भएकाले उनीहरुको खुसीमा आफूहरु पनि खुसी हुने गरेको गुल्मी दरबार गाउँपालिकाका शारदा टण्डनले बताए ।
पार्कभित्र भ्यूटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चाको लागि प्लेजोन, पिकनिक स्पोर्ट, पैदल मार्ग, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डस्टबिन, पार्किङलगायतका निर्माणले गर्दा पार्क चिटिक्क बनेको छ । पार्क सञ्चालनको करिब आठ महिनाको अबधीमा २० हजार बढीले अवलोकन गरेका छन् । जसबाट करिब सात लाख रुपियाँ राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । गत साउन महिनामा तीन हजार एकसय जनाले पार्क अवलोकन गरेका थिए । जसबाट एक लाख ५५ हजार राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
गत वर्षको फागुन महिनादेखि नगरपालिकाले चार जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । नगरपालिकाले चालु आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । पार्कको अवलोकन गर्नका लागि प्रवेश शुल्क विदेशी नागरिकका लागि १५०, नेपाली नागरिकका लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीका लागि २५ रुपियाँ कायम गरिएको जनाएको छ ।
पार्कको पाँच करोड ५९ लाख ५३ हजार ५०१ रुपियाँको लागतमा निर्माण भएको छ । तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । सदरमुकाम तम्घासदेखि पार्कसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम