
मनाङ । मनाङमा असोज ३ देखि ७ गतेसम्म हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्न दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउन्डेसनको संयुक्त आयोजना तथा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिको सहकार्यमा विभिन्न सङ्घसंस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको हो ।
मैत्रीपूर्ण फुटबल खेलमार्फत दिगो पर्यटन, खेल पर्यटन तथा चलचित्र पर्यटन प्रवर्द्धनको अपेक्षा गरिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिउँ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
त्यस्तै बायोकोस नेपालका संस्थापक तथा संरक्षणविद् डा. पारसविक्रम सिंहले संस्थाले गत वर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको स्मरण गर्दै यस वर्ष पनि मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको बताए । समुद्री सतहबाट २६०० मिटर उचाइमा रहेको तिमाङ र ३२०० मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटी टिम हिमालयन स्नो लिवपर्ड र स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याकबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउन्डेसनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टिमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।













समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ