
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अन्तिम सेमेस्टर तथा अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा दिने भएको छ । दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा (ब्याक पेपर) दिने व्यवस्था गर्ने भएको हो ।
त्रिवि उपकुलपति प्राडा केसरजंग बरालले दुई पेपरसम्म लागेका विद्यार्थीलाई त्यही वर्ष बढीमा एक महिनाभित्र पुनः परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । स्नातक तह तेस्रो तथा चौथो वर्षको परीक्षामा दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीहरूले समेत अर्को वर्षको परीक्षा कुर्नुपर्ने बाध्यता छ । त्यस्तो स्नातकोत्तर तह अन्तिम वर्ष तथा चौथो सेमेस्टरमा समेत अनु उत्तीर्ण भएका विद्यार्थी मौका परीक्षाका लागि अर्को वर्ष नै कुर्नुपर्ने बाध्यता छ ।
त्रिविले यस्तो बाध्यतालाई अन्त्य गर्दै परीक्षाको नतिजा आएको बढीमा एक महिनाभित्रमा ब्याक पेपरको परीक्षा गर्ने र तुरुन्तै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेको हो ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित