
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज पनि अमेरिकी डलरको विनिमयदर अघिल्लो दिनकै मूल्यमा सटही भइरहेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलरको सटही भएको थियो । त्यस्तै युरोपियन युरोको विनिमयदर आज बढेको छ । आज एक युरोको खरिददर १४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०४ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७४ रुपैयाँ १२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८९ पैसा रहेको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता