
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आइतबार अदालत लगिँदै छ । तेस्रोपटक थपिएको म्याद शनिबार सकिएसँगै आइतबार अदालत उपस्थित गराउन लागिएको हो ।
आज रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । यसअघि शुरुमा ६, त्यसपछि ७ र तेस्रोपटक १० दिन म्याद थपिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
आइतबार म्याद थप भएमा उनलाई रूपन्देही लैजाने तयारी छ । रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी लक्ष्मी खनालले रविलाई रूपन्देही ल्याउन तयारी अवस्थामा रहेको बताए ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद