
काठमाडौं । इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र साँग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाको लागी समझदारी भएको छ ।इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टम” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालित र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यो सम्झौतामा इन्फोडेभलपर्स प्रालिका निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउनेछ, जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ ।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला