
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज भने ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ४४७.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
रिसूचक घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब माथिको कारोबार भएको छ । बुधबार नेप्सेमा ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि