
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।
मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई १३ हजार रुपैयाँ बराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले सोलार प्यानल वितरण गरिएको हो ।
लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसानलाई सोलार प्यानल पाएपछि उत्साहित भएको सन्तबहादुर विष्टले बताए । ‘६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी लागेको छ’, विष्टले भने ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने