
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य ४ हजार ५०० रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दा नेपाली बजारमा पनि सुनको भाउ घट्दै गएको हो ।
गत साताको अन्तिम दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो साताको अन्तिम दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा झरेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।
यो साता अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स करिब १०० डलरले घटेको छ । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २ हजार ६०० डलरभन्दा तल झरिसकेको अवस्था छ ।
यसैगरी यो साता चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ । साताको पहिलो दिन प्रतितोला १ हजार ८६० रुपैयाँ रहेको चाँदी अन्तिम दिनसम्ममा प्रतितोला १ हजार ७६० रुपैयाँमा झरेको छ । सुनको भाउ निरन्तर घटेपनि अझै उपभोक्ताले सहर्ज सुन भने पाउन सकेका छैनन् । अहिले व्यवसायीले नै सुन खरिद गर्दा महासँघले तोकेको भन्दा केहि महँगो मूल्य तिरेर सुन खरिद गर्नु परेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार