
धरान । धरान उपमहानगरपालिकामा सङ्गीत जात्रा २०८१ हुने भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने जात्रामा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्न महोत्सव हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
महोत्सव धरान १५ स्थित पर्यटकीय स्थल बगरकोटमा यही पुस ७ गतेदेखि १७ गतेसम्म धरान सङ्गीत जात्रा सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह धरान १५ रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताए ।
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उनको भनाइ छ । मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्नलगायत महोत्सवमा स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिइने संयोजक राईले बताए । महोत्सवमा ५० वटा स्टल रहने उनले बताए ।
महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिनदेखि पूरै अवधिभर राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गरिने संयोजक राईले बताए । सदाबहार रुचाइएका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । अनुमानित ८० लाख लागत रहने महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहनेछ । अपराह्न ४ बजेपछि कलाकारहरूको प्रस्तुतिलाई दृष्टिगत गर्दै प्रवेश शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ ।
गीत, सङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरू भित्र्याउँदै, धरानको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको धरान १५ का वडाध्यक्ष नरेश ईवारमले बताए । यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको उनले बताए । महोत्सवमा कानुन विपरीतको कुनै पनि काम नगर्ने संयोजक राईले बताए ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव