
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अंकले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ७६ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज ३१९ स्टकको ५७ हजार ८६३ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ४ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, पिपुल्स पावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ६.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
आइतबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको हो। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी २.०५ प्रतिशत घटेको छ।













समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ