
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलेको व्यवसायमा सुधार भए पनि नाफामा भने उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सुधार देखिए पनि नाफामा भने गिरावट देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४३ करोड ४० लाख १५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ९२ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ८ करोड ८५ लाख ९८ हजार रुपैयाँ रहेको यस्तो कोष १२४.३६ प्रतिशतले वृद्धि भई १९ करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने करिब ९० प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २५ लाख २६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ८९.७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २ करोड ४६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४९ करोड ८० लाख ३५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.१२ प्रतिशतले बढी हो । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २.४१ रुपैयाँबाट घटेर ०.३४ रुपैयाँमा खुम्चिएको छ । हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०५.०९ रुपैयाँ कायम भएको छ ।












समाचार
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
लेन्सलाई सुपर कप, पिएसजी पराजित
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई