
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक करिब २९ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८ दशमलव ९१ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६१२ दशमलव २० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.११ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएको कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४८ अंकले बढेर ४४६ दशमलव ५६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटा परिसूचकको सेयर मूल्य घटेको छ । परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजमार ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ५५ हजार ९३८ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम