
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ४ लाख भन्दा बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
हाल कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । जसमध्ये ३ लाख ७४ हजार ४५ कित्ता सेयर संस्थापक सेयरधनी आईजे ग्रुप प्रा. लि. को नाममा रहेको छ । यसको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ तोकिएको छ । त्यस्तै ३३ हजार १३७ कित्ता सेयर संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा रहेको छ । यो सेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ ।
सो सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको सेयरको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन काठमाडौंको सुन्धारास्थित सिटिसि मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा बुझाउनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।











समाचार
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब
नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै
राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम
डोल्पामा सीता एयर दुर्घटना
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक