
कर्णाली । नेपाली कांग्रेस सल्यान र बाँकेका नेताहरूको संयुक्त टोलीले सल्यान–बाँके जोड्ने बिपीमार्ग निर्माणका लागि दबाब दिन पहल थालेको छ । यही पुस २३ र २४ गते पर्न गएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा उक्त टोलीले केन्द्र तथा प्रदेश सरकारलाई दबाब दिनका लागि पहल थालेको हो ।
नेपाली कांग्रेस सल्यान क्षेत्र नं २ का क्षेत्रीय सभापति सुरेश अधिकारीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सुरु गरेको उक्त बाटो अहिलेसम्म निर्माण हुन नसकेपछि सरकारलाई दबाब दिन पहल थालिएको बताए । ‘बिपी प्रधानमन्त्री हुँदा सुरु गरेको उक्त बाटो ६६ वर्षसम्म बन्न नसकेर ओझेलमा परेको छ’, उनले भने, ‘पञ्चायत, बहुदल हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दासमेत त्यसको निर्माण हुन नसक्नु दुर्भाग्य हो ।’
नेपाली कांग्रेसको संस्थापक सभापति कोइरालाको नामबाट नामकरण गरिएको ऐतिहासिक बिपीमार्ग बन्नु नसक्नु राष्ट्रिय लज्जाको विषय भएको कांग्रेस नेताहरू बताउँछन् । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका अधिकारीका अनुसार सल्यान–बाँके जोड्ने बिपीमार्ग ९७ किलोमिटर दूरी छ । विसं २०१५ मा बिपी प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि अन्योलमा परेको सो मार्ग निर्माणका लागि कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र पूर्वकेन्द्रीय सदस्य डिल्लीराज रेग्मीको संयुक्त नेतृत्वमा केन्द्र तथा प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्न दबाब सिर्जना गर्ने योजना बनाइएको हो ।
पूर्वकेन्द्रीय सदस्य रेग्मीका अनुसार लामो समयदेखि कांगे्रस सत्तामा पुगेको छ र अहिले पनि काग्रेस सरकारमै छ । विडम्बना १ कांग्रेसका संस्थापक सभापति तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीले कर्णाली जोड्ने उद्देश्य राखेर रेखाङ्कन गरेको यो मार्ग करिब ६६ वर्षसम्म बन्न सकेको छैन । यसले हालको कांग्रेस नेतृत्व र पार्टी स्वयंलाई नै ऐतिहासिक विरासत बोकेको आफ्नै संस्थापक नेतृत्वप्रति बेखबर छ भन्ने देखाएको छ ।
दाङ तुलसीपुर–कालिमाटी हुँदै सुर्खेत जोड्ने ७० किलोमिटर बाटोले महत्व पाउँदा कालोपत्र भइसकेको छ । अब भने केन्द्रीय सदस्यद्वय घिमिरे र रेग्मी नेतृत्वको संयुक्त टोलीले खलङ्गा–कालीमाटी–रामपुर हुँदै नेपालगञ्ज जोड्ने बिपीमार्ग निर्माणका लागि केन्द्र र प्रदेश दुवै सरकारलाई दबाब दिने भएको छ । उक्त टोलीमा नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण गौडेल र बाँके क्षेत्र नं १ क्षेत्रीय सभापति पोषण केसीसमेत रहने जनाइएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित