
काठमाडौं । १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले आइतबार एफए कपको तेस्रो राउन्डमा आर्सनललाई पराजित गरेको छ । यता, टोटनह्यमले गैरलिग टोली तामवर्थविरुद्ध ठूलो चुनौती पार गर्न सफल भयो ।
प्रिमियर लिगका टोलीहरू न्युकासल युनाइटेड, इप्सविच टाउन, क्रिस्टल प्यालेस र साउथह्याम्प्टनले पनि चौथो राउन्डमा स्थान सुरक्षित गरे भने चौथो श्रेणीको डनकास्टर रोभर्स पेनाल्टी सुटआउटपछि अगाडि बढ्न सफल भयो । म्यानचेस्टर युनाइटेडका जोसुआ जिर्कजीले निर्णायक पेनाल्टी प्रहार गर्दै ५–३ को जित दिलाए । आर्सनलका काई हाभट्र्जको प्रहार अल्टाय बायिन्डिरले सानदार बचाउ गरे।
युनाइटेडले खेलको ५२औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । तर, खेल १० मिनेटपछि फेरि बदलियो । युनाइटेडका डियगो डालोटले मिकेल मेरिनोलाई गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेंलो कार्ड पाए । त्यसको दुई मिनेटपछि बायिन्डिरको कमजोर पञ्चिङ प्रयासका कारण बल गाब्रिएलको खुट्टामा पुग्यो ।
म्याथियस डे लिग्टको डिफ्लेक्सनबाट गोलमा परिणत भयो । हाभट्र्जलाई ह्यारी म्याग्वायरले सामान्य फउल गरेको निहुँमा आर्सनललाई विवादास्पद पेनाल्टी दिइयो । तर, बायिन्डिर आर्सनलका कप्तान मार्टिन ओडिगार्डको पेनाल्टी बचाउन सफल भए । गत वर्ष कोभेन्ट्री सिटीलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको थियो । सोही वर्ष युनाइटेड १३औं एफए कप उपाधि जित्न सफल भयो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम