
काठमाडौं । १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले आइतबार एफए कपको तेस्रो राउन्डमा आर्सनललाई पराजित गरेको छ । यता, टोटनह्यमले गैरलिग टोली तामवर्थविरुद्ध ठूलो चुनौती पार गर्न सफल भयो ।
प्रिमियर लिगका टोलीहरू न्युकासल युनाइटेड, इप्सविच टाउन, क्रिस्टल प्यालेस र साउथह्याम्प्टनले पनि चौथो राउन्डमा स्थान सुरक्षित गरे भने चौथो श्रेणीको डनकास्टर रोभर्स पेनाल्टी सुटआउटपछि अगाडि बढ्न सफल भयो । म्यानचेस्टर युनाइटेडका जोसुआ जिर्कजीले निर्णायक पेनाल्टी प्रहार गर्दै ५–३ को जित दिलाए । आर्सनलका काई हाभट्र्जको प्रहार अल्टाय बायिन्डिरले सानदार बचाउ गरे।
युनाइटेडले खेलको ५२औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । तर, खेल १० मिनेटपछि फेरि बदलियो । युनाइटेडका डियगो डालोटले मिकेल मेरिनोलाई गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेंलो कार्ड पाए । त्यसको दुई मिनेटपछि बायिन्डिरको कमजोर पञ्चिङ प्रयासका कारण बल गाब्रिएलको खुट्टामा पुग्यो ।
म्याथियस डे लिग्टको डिफ्लेक्सनबाट गोलमा परिणत भयो । हाभट्र्जलाई ह्यारी म्याग्वायरले सामान्य फउल गरेको निहुँमा आर्सनललाई विवादास्पद पेनाल्टी दिइयो । तर, बायिन्डिर आर्सनलका कप्तान मार्टिन ओडिगार्डको पेनाल्टी बचाउन सफल भए । गत वर्ष कोभेन्ट्री सिटीलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको थियो । सोही वर्ष युनाइटेड १३औं एफए कप उपाधि जित्न सफल भयो ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना