नेपाल लाइफको साधारणसभा माघ २८ गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभाको मिति घोषणा गरेको छ । कम्पनीले माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि २५औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद (कर समते) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपछि जारी चथा चुक्ता पुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

त्यसैगरी सर्वसाधारण सेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार