
काठमाडौं । स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५–१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं मिनेटमा कोन्डेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अगाडि रह्यो । राफिन्हा ५८ औं मिनेटमा गोल गरे ।
बार्सिलोनाको नियन्त्रणमा रहेको खेलको ६७औं मिनेटमा टोरेस र ७५औं मिनेटमा यमालले गोल थपे । बेटिसका रोकले ८४औं मिनेटमा पेनाल्टीमा गोल फर्काए ।
फेसबुक प्रतिक्रिया













समाचार
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल
मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो