
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई द्रुत कार्यान्वयनमा ल्याउन जुटेको छ । गत पुस २९ गते सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशित भएपछि मन्त्री दामोदर भण्डारीले द्रुत कार्यान्वयनका लागि तीव्रता दिएका हुन् ।
मन्त्रालयमा आज उनले निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरेका छन् । उक्त छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् । मन्त्री भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग यसअघि पनि स्वदेशी प्रयोगसम्बन्धी निर्देशिका माथि सुझाव लिएका थिए । उनले स्वदेशी वस्तु प्रयोगसम्बन्धी गठित निर्देशिका समितिको बैठकपश्चात् छिट्टै कार्यान्वयनको चरणमा लगिने बताए ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयनका लागि निजी क्षेत्रको दबाब आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ थियो । उनले स्वदेशी वस्तुको प्रयोगले गुणस्तरीय वस्तु उत्पादन हुनुका साथै नेपाली उत्पादकको व्यवसाय पनि फस्टाउने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सहसचिव जीतेन्द्र बस्नेत, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलोहोत्रालगायत निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशित भएपछि उद्योग मन्त्रालयले देशभरका सार्वजनिक निकायमा परिपत्र गरिसकेको मन्त्रालयका सहसचिव बस्नेतले जानकारी दिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम