
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।
एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । ५७ लाख ५२ हजार पाँच सय ८८ रुपैयाँ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए।
उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताए । ‘पहाडको टुप्पोबाट फेदीमा झेरर जङ्गल र भिरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो’, उनले भने, ‘पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न पाएका छौँ ।’
धौलागिरि गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले सात लाख ४९ हजार ९२ रुपैयाँ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले एक लाख १५ हजार दुई सय ४५ रुपैयाँ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालुले बताए ।
स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि ४८ लाख ८८ हजार दुई सय ५१ रुपैयाँ बराबरको सहयोग भएको छ । यस वर्ष धौलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुङ्गे पुल निर्माण भएको छ । ५७ लाख ८६ हजार चार सय ८८ रुपैयाँको लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।
खोलाखर्कको झोलुङ्गे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेको बताए । समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले बताए ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’