लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले ११ औं साधारणसभा फागुन ११ गते काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि बस्नेगरी बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी सेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोद गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार