
काठमाडौं । पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ । इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो ।
जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २–१ मा पुर्याएको छ । भारतले पहिलो र दोस्रो टि ट्वान्टी आईमा जितेको थियो । १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोड्यो । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर अभिषेक शर्माले २४ रन बनाए । तिलक बर्मा १८, अक्षर पटेल १५ तथा कप्तान सुर्य कुमार यादव १४ रनमा आउट भए ।
इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २, मार्क वुड र आदिल राशिदले समान १ विकेट लिए ।
त्यसअघि राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो । इङ्ग्ल्याण्डका लागि ओपनर बेन डकेटले सर्वाधिक ५१ रन जोडेका थिए । लियम लिभिङ्स्टोनले ४३ रन बनाएका थिए । कप्तान जस बटलर २४ रनमा आउट हुँदा आदिल राशिद र मार्क वुडले नट आउट १० रन जोडेका थिए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुणले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले २, रवि बिश्नोइ र अक्षर पटेलले समान १ विकेट लिएका थिए । चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?