आज संविधान दिवस देशभर मनाईंदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । गत वर्ष भदौ २३ र २४ मा भएको ‘नवयुवा आन्दोलन’को जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको चुनाव भयो । यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बन्यो । योसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर