मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । जसमध्ये १८ हजार कित्ता सेयर संस्थापक सेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता सेयर अर्का संस्थापक सेयरधनी वासना केसीको नाममा रहेको छ ।

यसअघि उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर तोकिएको अवधिसम्म कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएपछि अब भने संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित मिति (माघ १६ गते) ले १५ दिनभित्र आफूल किन्न चाहेको सेयर विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार