
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा उच्च वृद्धि भइरहेको छ । लगातार रुपमा बढेको सुनको मूल्य एक साताको अवधिमा नै १५ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन २९ गते शुक्रबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य भदौ ५ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार, गत साउन ३१ गते आइतबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँ बढेको थियो । त्यो दिन सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, भदौ १ गते सोमबार पनि सुनको मूल्यमा १ हजार ६०० रुपैयाँले बढेर तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, भदौ २ गते मंगलबार सुनको मूल्य स्थिर रह्यो । भदौ ३ गते बुधबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, भदौ ४ गते बिहीबार भने सुनको मूल्य उच्च दरले बढ्यो । एकैदिन सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ पुग्यो । भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँमा पुग्यो ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै