
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूको बक्यौता बाँकी नरहेको बताएका छन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेले यस्तो बताएका हुन्।
‘अहिले व्यवसायीहरु भ्याट बिल काट्न डराएका छन् । तर, निर्माण व्यवसायीको भुक्तानी बक्यौता बाँकी छैन,’ उनले भने । मन्त्री पौडेलले निर्माण व्यवसायीहरू बिल काट्नेबित्तिकै भ्याट तिर्नुपर्ने भन्दै डराएको बताए । ‘भ्याट त सरकारको आय हो त्यो नियम अनुसार तिर्नुपर्छ । भ्याट बिल नै नकाटेर सरकारले पैसा दिएन भन्न मिल्दैन’ मन्त्री पौडेलले भने ।
अर्थमन्त्री पौडेलका अनुसार गत वर्षको निर्माण क्षेत्रको भुक्तानी दायित्व यो वर्ष सारिए पनि हालसम्म सबै भुक्तानी भइसकेको छ । ‘बिल आएका र कानूनी मापदण्ड पूरा गर्ने व्यवसायीहरूको दाबी सहज रूपमा भुक्तानी हुनेछ’ उनले दाबी गरे ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार नीतिगत परिवर्तनमार्फत सक्रिय रहेको बताए । उनले निजी क्षेत्रको सुझावलाई मध्यनजर गर्दै सरकारले थला परेको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण नीति निर्माणको प्रक्रिया अघि बढाएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सरकार निश्चित आधार तयार गरिरहेको पनि स्पष्ट पारे । उनले निजी क्षेत्रलाई निरन्तर साथ दिने सरकारको प्रतिबद्धता दोहोर्याउँदै अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे । पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले आफ्नो दायित्व पूरा गर्न जोड दिनुपर्ने धारणा राखे ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’