
हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका २ मा बागमती प्रदेश सरकारको बजेटमा कला संस्कृतिको संरक्षण र जगेर्नाका लागि स्थानीयले प्रयोग गर्ने बाजासहितको पार्क निर्माण गरिएको छ । प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत कैलाश गाउँपालिका २ स्थित बैकुण्ठमा डम्फु पार्क र टुङ्ना पार्क निर्माण गरिएको हो ।
कैलाश गाउँपालिका २ का वडाध्यक्ष राजेन्द्र घिसिङले प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत डम्फु पार्क निर्माण पूरा भएको र डम्फु पार्क परिसरमा टुङ्ना पार्क, चितुवा पार्क निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले गत आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरुभएको डम्फु पार्कसहितको टुङ्ना पार्क र चितुवा पार्कको निर्माण कार्य चालु आवमा सम्पन्न हुने बताए ।
उनले तामाङ समुदायको कला संस्कृतिको संरक्षणका लागि पनि डम्फुपार्कमा तामाङ समुदायले प्रयोग गर्ने बाजा बाजाहरू डम्फु र टुङ्नाको आकृतिसहितको मूर्ति निर्माण गरिएको बताए । डम्फु पार्कमा डम्फुसहित महिला र पुरुष नाचिरहेको आकृतिसहितको मूर्ति निर्माण गरिएको हो । साथै तीन वटा चितुवासहितको चितुवा पार्क, टुङ्ना पार्क र लभ पार्क गरी डम्फु पार्क ३४ लाख रुपियाँको लागतमा निर्माणाधीन रहेको छ ।
उनका अनुसार प्रदेश सरकारले गत आवमा पार्क निर्माण गर्न १० लाख विनियोजन गरेकोमा चालु आवमा थप २० लाख रुपियाँ विनियोजन गरेको छ । ‘लभ पार्क भने गाउँपालिकाको बजेटमा बन्ने भएको हो,’ उनले भने । उनले लभ पार्क चार लाख रुपैयाँको लागतमा निर्माणाधीन रहेको बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम