
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १४.२७ प्रतिशतल घटेको हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा गत आवको सोही अवधिको तुलनामा ७.८४ प्रतिशतले यस्तो नाफा घटेको छ ।
विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२७ प्रतिशत घटेर ८८ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ ।












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ