
कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत गर्दै आएका छ । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका छन् ।
धनगढी–८ बुद्धचोक बसोबास गर्दै आएका विश्वकर्माले काठमाडौंको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए । अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेको हो ।विश्वकर्माले वार्षिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आएका छ । विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उनले बताए ।
मासिक ४० हजार रुपैयाँ बचत हुँदै आएको विश्वकर्माले जानकारी दिए । ६ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उनले बताए। तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक ३६ हजार रुपैयाँ खर्च लाग्ने उल्लेख गरे ।
‘अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ । कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ’, उनले भने, ‘व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ । धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन । यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन ।’
नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो–प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिए । केही बिरुवा भने नर्सरीमा आफैं उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा उपलब्ध छन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय