
काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६९९ दशमलव ८१ विन्दुमा बन्द बन्द भएको नेप्से परिसूचक यो साता ०.७९ प्रतिशत अर्थात २१ दशमलव ३४ अंक घटेर २६७८ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।
यो साताको ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो । यस साताको मंगलबार र बुधबार नेप्से बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स पनि ४ शदशमलव ५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १५ अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १० अर्ब ३९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषत कारोबार ७ अर्ब ८५ करोडमा सीमित भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.४७ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या २६.८२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.८७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.७३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३२ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।
यो साता १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत बढेको छ । गत साता २७२२ दशमलव ३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७३ दशमलव २८ अंक बढेर २७९५ दशमलव ६७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो । यस साता वित्त र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत घटेको छ । गत साता ७१६२ दशमलव ८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९१ दशमलव ४० अंक घटेर ६९७१ दशमलव ४९ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २५२ दशमलव ०८ अंक घटेको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना