
कटारी । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।
हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ’, स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ ।’
तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ । माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन । वर्षामा खोलामा वाढी आउँदा झनै पिउने पानीसमेत समस्या हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए । हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनले बताए ।
माथिल्लो खसिबासका ५०–६० घरमा पानीको समस्या छ । तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन । खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन् । चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन् ।













समाचार
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने
प्रतिनिधिसभाको बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक प्रस्तुत हुँदै
आजको मौसम : मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर : कुन देशको सटही दर कति ?
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड