
काठमाडौं । आइतबार सेयर बजार परिसूचक बढेर बन्द भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक ११ दशमलव ६६ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५५ दशमलव ४० विन्दुमा पुगेको छ। आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सटिभ इन्डेक्स पनि ० दशमलव ६६ अंकले बढेर ४५८ दशमलव ६४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि आज सुधार देखिएको छ । आज सेयर बजारमा साढे ११ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२८ कम्पनीका २ करोड २१ लाख ६ हजार ५ कित्ता सेयर १ लाख ८ हजार ९१३ पटक खरिद बिक्री हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान